एसएसपी भूपेन्द्र खत्रीद्वारा हवल्दार पदमा बढुवा भएकालाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौँ - एसएसपी भूपेन्द्र खत्रीले बढुवा भएकालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौँमा सोमबार आयोजित कार्यक्रममा एसएसपी खत्रीले सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा बढुवा तथा पदस्थापन भएका प्रहरी हवल्दारहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
उनीहरू नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्सालको २०८० फागुन ३ र ५ गतेको पत्रले प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा बढुवा तथा पदस्थापन भएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया