सुर्खेतमा १२ वर्षीया बालिका बलात्कृत
सुर्खेत- १२ वर्षीय बालिकालाई यौन दुरुपयोग गरेको आरोपमा २२ वर्षीय युवकलाई जिल्ला प्रहरी कार्यालय दैलेखले शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको नारायण नगरपालिका–६ का २२ वर्षीय विकास बुढा रहेका छन् ।
बुढाको घरमा बस्दै आएकी १२ वर्षीय बालिकालाई विकासले फागुन ३ गते यौन दुरुपयोग गरेको भन्ने जाहेरी प्रहरीमा परेपछि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । भगवतीमाई गाउँपालिका–७ स्थायी वतन भएकी १२ वर्षीय बालिका परिवर्तित नाम थर ६२ दैलेख (क) ४४ विकास बुढाको घरमा बसोबास गर्दै आएकी थिइन् ।
ती बालिकालाई २२ वर्षीय युवक विकासले यौन दुरुपयोग गरेको भन्ने जाहेरीका आधारमा पक्राउ गरि थप अनुसन्धान भइरहेको छ। उनलाई अनुसन्धानका लागि दैलेख जिल्ला अदालतबाट चार दिनको म्याद थप भएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया