मानव अधिकार उल्लङ्घन सूचकाङ्कमा सबैभन्दा खराब बागमती प्रदेश
काठमाडौँ- सन् २०२३ को मानव अधिकार उल्लङ्घन सूचकाङ्कमा सबैभन्दा खराब बागमती प्रदेशको रहेको इन्सेकले जनाएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले फागुन ७ गते सार्वजनिक गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ मा यस्तो नतिजा समेटिएको हो ।
सार्वजनिक नतिजाअनुसार नकारात्मकबाट बागमती पहिलो, मधेश दोस्रो र कोशी तेस्रो छन् । त्यसैगरी सकारात्मक नतिजाबाट सुदूरपश्चिम पहिलो, गण्डकी दोस्रो र कर्णाली तेस्रो स्थानमा आएका छन् ।
सन् १९९२ देखि वर्ष पुस्तक निकाल्दै आएको इन्सेकले ‘नेपाल मानव अधिकार वर्ष पुस्तकमा मानव अधिकार उल्लङ्घन सूचकाङ्क समेटेको यो नै पहिलो रहेको इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले बताए ।
शारीरिक हिंसा प्रतिबिम्बित हुने मानव अधिकार उल्लङ्घनको समग्र सूचकाङ्कमा ८५.२४ अङ्कसहित बागमती सबैभन्दा खराब अवस्थामा छ ।
मधेशको ६४.३९, कोशीको ४९.८१, लुम्बिनीको ४२.१२, कर्णालीको ३१.२५, गण्डकीको १६.३६ र सुदूरपश्चिमको ९.५१ अङ्क रहेको सूचकाङ्कमा समावेश गरिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया