समाज

पोखराका पाँच सय धारामा 'स्मार्ट वाटर' मिटर जडान

इकागज |
फागुन ८, २०८० मंगलबार १४:१६ बजे

काठमाडौँ- पोखराका सहरी क्षेत्रमा पाँच सय वटा धारामा स्मार्ट मिटर जडान गरिएको छ । खानेपानी संस्थान पोखराद्वारा खानेपानी वितरित सहरी क्षेत्रमा जापानी सहयोग नियोग जाइकाको अनुदान सहयोग र जापानको सि.आई.टी. इन्जिनियरिङ कम्पनी लिमिटेडसँगको सहकार्यमा सुप्रिम एशोसियट्स ट्रेडर्सले जडान गरेको हो ।

पहिलो चरणमा जडान गरिएको पाँच सय वटा धाराका ग्राहकले उपभोग गरेको पानीको परिमाण संस्थाको कार्यालयमा भएको कम्प्युटरबाटै हेर्न सकिने सुप्रिम एशोसियट्स ट्रेडर्सका प्रबन्ध निर्देशक विराज आचार्यले बताए । उनका अनुसार कुनै निश्चित मिटरलाई बन्द अथवा खोल्न परेमा वा अनलाइन विलिङ जस्ता कार्य पनि कार्यालयबाट गर्न सकिनेछ ।


उनले नेपालमै पहिलो पटक पोखरामा स्मार्ट वाटर मिटर जडान गरेको दाबी गरेका छन् ।


Author

थप समाचार
x