समाज

सेनाका प्रशिक्षार्थी अधिकृतहरूले गरे सशस्त्र प्रहरी प्रधान कार्यालयको अवलोकन

इकागज |
फागुन ८, २०८० मंगलबार २१:२५ बजे

काठमाडौँ- नेपाली सेनाको सैनिक कमान्ड तथा स्टाफ कलेज शिवपुरीमा संचालित सि.सं. ३० कमान्ड तथा स्टाफ कोर्समा तालिमरत ६२ जना प्रशिक्षार्थी अधिकृतहरूले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको फागुन ८ गते अवलोकन भ्रमण गरेका छन् ।

अवलोकन भ्रमणमा प्रशिक्षार्थी अधिकृतहरूले प्रधान कार्यालयस्थित सशस्त्र प्रहरी बल नेपालको संग्राहालय र विपद् व्यवस्थापनमा प्रयोग हुने सामग्रीहरूको अवलोकन गरेका थिए ।


कार्यक्रममा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक नेत्रबहादुर कार्कीले सशस्त्र प्रहरी बल नेपालको परिचय, कामकर्तव्य र अधिकार, वर्तमान अवस्था र परिचालन लगायत विविध विषयमा प्रस्तुतीकरण गरेका थिए । प्रशिक्षार्थी अधिकृतहरूले सशस्त्र प्रहरी बल नेपालको पृष्ठभूमि, सांगठानिक संरचना, कार्यादेश, शान्ति र द्वन्द्वको समयमा सशस्त्र प्रहरी बल नेपालको भूमिका, सीमा सुरक्षा तथा विपद् व्यवस्थापन, नेपाली सेनाबाट सशस्त्र प्रहरी बल नेपाललाई प्राप्त सहयोग र सहकार्य, आन्तरिक सुरक्षा चुनौती लगायतका विषयमा अन्तरक्रिया गरेका थिए ।

कोर्समा भारत, पाकिस्तान, माल्दिभ्स, कोरिया, केन्या र नाइजेरिया लगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका अधिकृतहरूको समेत सहभागिता रहेको थियो ।


Author

थप समाचार
x