समाज

साइबर ब्यूरोले भन्योः विदेशी नम्बरको ह्यवाटसएपमा कुराकानी नगर्नू

इकागज |
फागुन १०, २०८० बिहीबार १६:२२ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- नेपाल प्रहरीको साइबर ब्यूरोले बिदेशी नम्बरको ह्यवाट्सएपमा कुराकानी नगर्न आग्रह गरेको छ । विशिष्‍ट व्यक्तिहरूको फोटो प्रयोग गरि धम्काउने, पैसा असुल्ने, गैरकानुनी र त्रास दिने जस्ता गतिविधि बढ्दै गएको ब्यूरोले जनाएको छ ।

ह्यवाट्सएपमा आएको म्यासेज तथा फोनमा भएको कुराकानीलाई विश्‍वास नगर्न पनि ब्यूरोले अनुरोध गरेको छ । आर्थिक कारोबार समेत नगर्न ब्यूरोले आग्रह गरेको छ ।  


 


Author

थप समाचार
x