जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीपले दिएको पुनरावेदन दर्ता
जेलबाहिर बसेर मुद्दा लड्न अनुमति
फाइल तस्बिर
काठमाडौँ- काठमाडौँ जिल्ला अदालतको फैसलाविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालत पाटनमा दिएको पुनरावेदन दर्ता भएको छ ।
सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले पुनरावेदन दर्ता भएको र चैत्र १२ गतेका लागि तारिख तोकिएको जानकारी दिए । उनले बलात्कार मुद्दामा सन्दीप निर्दोष रहेको र उच्च अदालतबाट न्याय पाउने विश्वास समेत व्यक्त गरेका छन् ।
यस्तै सन्दीपले जेलबाहिरै बसेर पनि मुद्दा लड्न पाउने भएका छन् ।
बलात्कार आरोपमा काठमाडौँ जिल्ला अदालतले सन्दीपलाई ८ वर्ष कैद सजाय तोकेको थियो । त्यसविरुद्ध बिहीबार सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दर्ता गराएका हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया