थापाथलीको प्रसूति अस्पतालबाट बच्चा चोरी महिला फरार
सांकेतिक तस्विर
काठमाडौँ- काठमाडौँको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालबाट बच्चा चोरी भएको छ ।
शुक्रबार एक जना महिलाले बच्चा चोरी गरी फरार भएको रिपोर्ट आएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले इकागजलाई जानकारी दिए।
अहिले प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए । उनले भने,' कसको चोरी भएको त्यसबारेमा अनुसन्धान गर्न टोली पठाएका छौ । हामीलाई बच्चा चोरि भएको रिपोर्ट आएको छ ।'
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया