Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

समाज

भेटिएनन् प्रसूति गृहबाट चोरी भएको बच्चा, खोजीका लागि प्रहरी टोली परिचालन

इकागज |
फागुन ११, २०८० शुक्रबार १८:२६ बजे

काठमाडौँ- थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालबाट २६ दिनको बच्चा चोरी भएको छ ।

बच्चा गायब भएको भन्दै एक महिलाले प्रहरीमा उजुरी दिएकी छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीका अनुसार बच्चा खोजीका लागि प्रहरी टोली परिचालन भएको छ ।


काभ्रे घर भएकी एक महिलाको २६ दिनको बच्चा चोरी भएको भन्दै उजुरी दिएकी हुन् । अस्पतालमा उपचाररत बच्चा केहीबेर लिने भन्दै एक जना महिलाले बच्चा लिएकी थिइन् । 

शुक्रबार दिउँसो १२ बजेतिर बच्चा चोरी भएको र अहिलेसम्म नभेटिएको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x