समाज

सातामा दुई दिन कार्यालयमा पुगेर श्रम स्वीकृति लिन पाइने

इकागज |
जेठ २६, २०७८ बुधबार १९:४ बजे

श्रम स्वीकृतिका लाइन बसेका नेपालीहरू

काठमाडौँ : वैदेशिक रोजगार कार्यालय ताहाचलबाट भौतिका रूपमा उपस्थित भई सातामा दुई दिन श्रम स्वीकृति लिन पाइने भएको छ । साताको पहिलो दिन आइतबार र बुधबार श्रम स्वीकृति लिन सकिने कार्यालयका शाखा अधिकृत प्रदीप कुमार ढकालले जानकारी दिए ।

कोभिड-१९ को संक्रमण बढेकाले यसअघि वैशाख २४ गतेदेखि भौतिक रुपमा उपस्थित नहुने गरी बन्द गरिएको थियो । अनलाइनबाट दिइने श्रम स्वीकृति कायमै रहेको उनले जानकारी दिए । 'अनलाइनबाट श्रम स्वीकृति लिन सक्ने व्यक्तिहरू कार्यालयमा भौतिक रुपमा उपस्थित नहुनू,' ढकालले भने ।



Author

थप समाचार
x