समाज

अस्कल क्याम्पसमा अनेरास्ववियुको मसाल जुलुस

इकागज |
फागुन १२, २०८० शनिबार १७:४२ बजे

काठमाडौँ- गठबन्धन निकट विद्यार्थी संगठनहरूले आफ्ना नेताहरूलाई कुटपिट गरेको भन्दै अनेरास्ववियुले काठमाडौँको अस्कल क्याम्पसमा मसाल जुलुस निकालेका छन् ।

सत्ताको आडमा निरन्तर रूपमा आफ्ना नेताहरूमाथि कुटपिटको घटना बढेको भन्दै अनेरास्ववियु आबद्ध विद्यार्थीहरूले शनिबार लैनचौरस्थित अस्कल क्याम्पस बाहिर मसाल जुलुस निकालेका हुन् ।


शुक्रबार साँझ अखिल नेता कमल जोशीमाथि कुटपिट भएको थियो । अनेरास्ववियुले अखिल क्रान्तिकारीले आफ्ना नेतामाथि कुटपिट भएको आरोप लगाएको छ ।

त्यस्तै मसाल जुलुसमा सहभागीहरूले अस्कल क्याम्पसमा छात्रवृत्तिमा एकलौटी भएको, क्याम्पसमा भ्रष्टाचार भएको आरोप लगाएका छन् । 


Author

थप समाचार
x