समाज

मारेर गाडेको अवस्थामा नवलपुरमा बाघ फेला

इकागज |
फागुन १२, २०८० शनिबार १९:२५ बजे

फाइल तस्बिर

काठमाडौँ- पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका-१५ को नवदुर्गा सामुदायिक वनमा एउटा भाले बाघ मारेर गाडेको अवस्थामा फेला परेको छ । रोयल बेंगल टाइगर प्रजातिको भाले वयस्क बाघ मृत फेला परेको चोरमारा रेन्जपोस्टका वन अधिकृत दुर्गादत्त कँडेलले बताए ।

उनका अनुसार पूर्व-पश्चिम सडकबाट ५ सय मिटर दक्षिण, अरुणखोला बजारबाट १ किलोमिटर पूर्व, हर्बासटार गाउँबाट डेढ किलोमिटर उत्तरमा बाघ भेटिएको हो । बाघ जंगलको खोल्सामा खाल्टो खनेर गाडेको अवस्थामा भेटिएको हो ।


जंगलमा हेरालुले गन्हाएको थाहा पाएपछि हेर्दा बाघको पछाडिको खुट्टा देखिने गरी पुरिएको अवस्थामा देखेपछि सामुदायिक वनका पदाधिकारीलाई खबर गरेका थिए ।


Author

थप समाचार
x