एकता शिशु निकेतनको ८ कक्षामा अध्ययनरत छात्राले गरिन् आत्महत्या
फाइल तस्बिर
चितवन- रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टेलमा एक छात्राले आत्महत्या गरेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कक्षा आठमा अध्ययनरत १४ वर्षीय सालिन पोख्रेलले आत्महत्या गरेकी हुन् ।
शनिबार बिहान अन्दाजी १० बजेर २० मिनेटको समयमा होस्टलको कोठामा रहेको सिलिङ पंखामा प्लाष्टिकको डोरीको पासो लगाई झुण्डिएर आत्महत्या गरेको प्रहरी कार्यालयका डिएसपी एवं प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।
रत्ननगर-१५ माधवपुर घर भएकी उनी सोही विद्यालयको होस्टेलमा बसेर अध्ययन गर्दै आइरहेको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया