समाज

सवारी ज्यान मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ

इकागज |
फागुन १३, २०८० आइतबार २१:२२ बजे

काभ्रे- सवारी ज्यान मुद्दाका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचखाल नगरपालिका वडा नम्बर १२ का ४४ वर्षीय मदनबहादुर दनुवार र मण्डनदेउपुर नगरपालिका वडा नम्बर १२ का ३४ वर्षीय दुर्गाबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ । 

सवारी ज्यान मुद्दाअर्न्तगत मदन बहादुर दनुवारलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले २०७९ कार्त्तिक २० गते २ हजार रुपैयाँ सजायको फैसला गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । अदालतको फैसलापछि उनी फरार रहेका थिए ।


त्यस्तै, सवारी ज्यान मुद्दामा दुर्गाबहादुर तामाङलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले २०७९ भदौ ३१ गते २ हजार रुपैयाँ सजायको फैसला गरेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । अदालतको फैसलापछि उनी फरार रहेका थिए ।

फरार रहेका दुवै प्रतिवादीलाई प्रहरीले फागुन १३ गते पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा पेस गरिएको छ ।


Author

थप समाचार
x