समाज

बारामा ग्यास सिलिन्डर पड्किँदा एक जनाको मृत्यु, पाँच घाइते

इकागज |
फागुन १४, २०८० सोमबार १६:४५ बजे

सांकेतिक तस्बिर

काठमाडौँ-  बारामा एउटा वर्कसपमा ग्यास सिलिन्डर पड्किँदा एक जनाको मृत्यु भएको छ । घटनामा अन्य पाँच जना घाइते भएका छन् ।

बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार मृत्यु हुनेमा निजगढ नगरपालिका-५ का ४५ वर्षीय रेशम मगर रहेका छन् ।


निगढ-७ बजारमा रहेको उनको वर्कसप लेथमा ग्यास बेल्डिङ गर्ने क्रममा सिलिन्डर पड्किँदा सोमबार मध्यान्ह उनी गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा बयोधा अस्पताल वीरगन्जमा दिउँसो साढे १ बजे मृत्यु भएको न्यौपानेले बताए ।

यस्तै, घाइते हुनेमा निजगढ नगरपालिका-५ का ४५ वर्षीय सूर्यबहादुर थापा घाइते भएका छन् । उनको सामुदायिक प्रसूति गृह बारामा उपचार भइरहेको छ ।

यस्तै, पर्सा वीरगन्व महानगरपालिका-९ बस्ने ३४ वर्षीय फिरोद देवान घाइते भएका छन् । उनको बयोधा अस्पताल वीरगन्जमा उपचार भइरहेको छ ।

यस्तै, वीरगन्ज-९ कै २० वर्षीय रितु रजक घाइते छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी, भारत गवाई बस्ने ३५ वर्षीय राकेश जयसवाल र भारत रामघडजाका २० वर्षीय अरविन साह घाइते भएका छन् । उनको बयोधा अस्पतालमै उपचार भइरहेको न्यौपानेले बताए ।


Author

थप समाचार
x