समाज

शौचालय जान्छु भनेर निस्किएकी महिला पाँच दिनदेखि सम्पर्कविहीन

इकागज |
फागुन १४, २०८० सोमबार १९:४५ बजे

धनगढी- कैलालीको गोदावरीकी एक विवाहित महिला पाँच दिनदेखि सम्पर्कविहीन भएकी छिन् ।

गोदावरी नगरपालिका-५ वरबट्टाकी सुनिता परियार फागुन ९ गतेदेखि सम्पर्कविहीन भएकी हुन् । उनको खोजीका लागि प्रहरीमा खबर गरे पनि फेला नपारेको उनका श्रीमान् गणेश परियारले बताए ।


सुनिताका ससुरा विनोद परियारले राति ९ बजे शौचालय जान्छु भनेर बाहिर निस्केकी बुहारी अहिलेसम्म पनि घरमा नआएको बताए । उनले बुहारीको खोजी गर्न रातभरि गाउँमा खोजे पनि कतै नभेटेको बताए । भारतमा रहेका सुनिताका श्रीमान् भने उनी हराएपछि घर आएको विनोदले बताए । सुनिताका ४ छोराछोरी छन् ।


Author

थप समाचार
x