समाज

संसद् भवनको सुरक्षार्थ खटिएका ३२ प्रहरीको जिम्मेवारी खोसियो

इकागज |
फागुन १४, २०८० सोमबार २०:५३ बजे

काठमाडौँ- लघुवित्त पीडितहरू संसद् भवनभित्र प्रवेश गरेपछि संसद् भवनको सुरक्षाका लागि खटिएको प्रहरी टोलीको जिम्मेवारी खोसिएको छ ।

प्रहरी प्रधान कार्यालयले संसद् भवनमा खटिएका प्रहरी निरीक्षकसहित ३२ जनालाई जिम्मेवारीबाट हटाएको हो । उनीहरूको ठाउँमा नयाँ टोलीलाई ल्याइएको छ ।


सोमबार दिउँसो लघुवित्त पीडितहरू संसद् भवनमा प्रवेश गरेका थिए । उक्त घटनाबारे छानबिन गर्न उपत्यका प्रहरी कार्यालयले एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति बनाएको छ । 

समितिको सदस्यमा काठमाडौँ प्रहरीका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालयका डीएसपी दिनेश घिमिरे छन् ।


Author

थप समाचार
x