समाज

प्रभु बैंकका डेपुटी सीईओ न्यौपानेसहित तत्कालीन सेञ्चुरी बैंकका सीईओ गौतम पक्राउ

इकागज |
फागुन १५, २०८० मंगलबार १२:२३ बजे

सांकेतिक तस्बिर

काठमाडौँ- तत्कालीन सेन्चुरी कमर्सियल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत तथा हाल प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तत्कालीन सेन्चुरी कमर्सियल बैंकका सीईओ तुल्सीराम गौतमलाई पनि पक्राउ गरेको छ ।

बैंकिङ कसुरमा पक्राउ गरेको  ब्युरोकी प्रमुख तथा एआईजी किरण बज्राचार्यले बताइन् ।


प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई गाभेको थियो । त्यतिबेला प्रभु बैंकको चुक्ता पुँजी १३ अर्ब ५३ करोड थियो भने सेञ्चुरी कमर्सियल बैंकको १० अर्ब चुक्ता पुँजी रहेको थियो ।

सेञ्चुरीको १० अर्ब चुक्ता पुँजी रहेकामा एउटै व्यक्तिका विभिन्न कम्पनीलाई करिब २ अर्ब ऋण दिएको थियो । गौतमले तत्कालिन सेञ्चुरी बैंकको सिईओबाट राजीनामा दिएपछि निमित्त सीईओ न्यौपाने भएका थिए ।


Author

थप समाचार
x