सशस्त्र प्रहरीले सम्पन्न गर्यो केबलकार आपतकालीन उद्धार अभ्यास
काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालको केबलकार आपतकालीन उद्धार अभ्यास–२०८० मंगलबार सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी बल नेपालका नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय बलम्बु काठमाडौँमा आयोजना र चन्द्रागिरी हिल्स प्रा.लि.को सहकार्यमा सञ्चालित ३ दिने चन्द्रागिरी केबलकार आपतकालीन उद्धार अभ्यास–२०८० अन्तर्गत मंगलबार कृतिम घटनाक्रममा आधारित सिम्युलेसन अभ्यास गरी सम्पन्न भएको हो ।
सिम्युलेसन अभ्यासमा दुई वटा फरक–फरक आपत्कालीन अवस्थाको परिकल्पना गरी माथिबाट तल तर्फ र माथिबाट दायाँ वा बायाँ सुरक्षित स्थानतर्फ क्याबिनमा सवार यात्रुहरूलाई रोप रेस्क्यु प्रविधिको प्रयोग गरी उद्धार गर्ने प्रविधिहरूको प्रदर्शन गरिएको थियो ।
उक्त उद्धार अभ्यासमा विपद् व्यवस्थापन तालिम प्राप्त २६ जना र चन्द्रागिरी हिल्सको तर्फबाट मेकानिकल इन्जिनियर मधुकर बलामीको कमाण्डमा ८ जना गरी जम्मा ३४ जना उद्धारकहरू सहभागी भएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया