समाज

मिटरब्याज पीडितद्वारा ६ बुँदे मागका बारेमा सरकारलाई जानकारी

इकागज |
फागुन १५, २०८० मंगलबार १८:१७ बजे

काठमाडौँ- न्याय मार्च गर्दै काठमाडौँ आएका मिटरब्याज पीडितहरूले आफ्ना ६ बुँदे मागका बारेमा सरकारलाई जानकारी गराएका छन् ।

मंगलबार गृह मन्त्रालयमा भएको वार्ताका क्रममा मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले आफ्ना मागका बारेमा सरकारी वार्ता टोलीलाई जानकारी गराएको हो ।


आफूहरूको मागका बारेमा जानकारी गराए पनि सरकार सकारात्मक नदेखिएको मिटरब्याज तथा ठगी विरोधी किसान संघर्ष समिति नेपालका अध्यक्ष अवधेश कुशवाहले जानकारी दिए । उनले सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिब किसानहरूलाई नि:शुल्क ऋण प्रदान गर्नुपर्ने, जुनसुकै तहमा हस्तान्तरण भएको सम्पत्ति फिर्ता हुनुपर्ने, अधिकार सम्पन्न न्यायिक आयोग गठन हुनुपर्ने लगायतका माग गरेको बताए । उनले अब सरकारसँग वार्ताका साथै आन्दोलन पनि निरन्तर चल्ने जानकारी दिए ।

गृह मन्त्रालयले मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिलाई पत्र लेखेर वार्तामा बोलाएको थियो । 


Author

थप समाचार
x