कैलालीमा १५ वर्षीया किशोरी गर्भवती
सांकेतिक तस्बिर
धनगढी- कैलालीमा १५ वर्षीया किशोरी गर्भवती भएकी छिन् ।
जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर १ की १५ वर्षीय किशोरी गर्भवती भएको प्रहरीले जनाएको छ । उनी गर्भवती भएपछि घटनामा संलग्नविरुद्ध मुद्दा दर्ता गरिएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीमा १५ वर्षीय किशोरीलाई १८ वर्षीय किशोरले करणी गरेको भन्दै उजुरी परेको हो । माघ २ गते गौरीगंगाकी ती किशोरीमाथि करणी भएको थियो ।
उनको पेटमा बच्चा रहेपछि पीडककी ३० वर्षीया भाउजूले औषधि सेवन गर्न लगाइएकी थिइन् । किशोरकी भाउजूलाई प्रहरीले पक्राउ गरेको छ ।
फागुन ७ गते मात्र घटना प्रहरीमा आएको र किशोर फरार रहेको बताइएको छ । चौमाला क्षेत्रका नेताहरूले घटनामा मिलापत्रका गर्न पहल गर्दै आएको आरोपसमेत लागेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया