समाज

जापान्स फ्रेन्डसिप टाइज प्रोग्राममा नेपालकी पर्मिता श्रेष्ठ सहभागी

इकागज |
फागुन १६, २०८० बुधबार १३:११ बजे

काठमाडौँ- जापान सरकारअन्तर्गतको जापान्स फ्रेन्डसिप टाइज प्रोग्राम (जापान-इस्ट एसिया नेटवर्क अफ एक्सचेन्ज फर स्टुडेन्ट्स एन्ड युथ्स) मा नेपालकी पर्मिता श्रेष्ठले सहभागिता जनाउने मौका पाएकी छन् ।

एक्चेन्ज कार्यक्रमअन्तर्गत न्यू स्पटलाइट म्यागेजिनमा इन्टर्नको रुपमा काम गरिरहेकी पर्मिताले जापानमा एक हप्ता बिताएको नेपालस्थित जापानी दूतावासले जनाएको हो ।


जापानमा हुँदा पर्मिताले नेपाली हिमाली गाउँ झै रहेको नागाको प्रेफेक्चरस्थित हाकुवा गाउँको भ्रमण गरिन् ।

त्यहाँ उनले सीमित खेतीयोग्य जमिनको सदुपयोग र स्थानीय उत्पादनको प्रमाणीकरण मार्फत उक्त भूभागसँगै काम गर्नुको महत्त्व सिक्ने मौका पाइन् ।

नेपाल जस्तै यहाँको भौगोलिक विविधताले भरिपूर्ण यो गाउँको विकासबाट नेपालले पाठ सिक्न सक्ने पर्मिताको सुझाव छ ।

उनले प्लाष्टिकका बोतलहरू पुन: प्रयोग गर्ने र उक्त प्रक्रियामा उत्पन्न हुने तापलाई पुन: प्रयोग गर्ने प्रणालीमा पनि चासो देखाएकी थिइन् । किनभने उक्त प्रक्रियाले वातावरण र मानिसहरू दुवैको सुरक्षा सुनिश्चित गर्दछ ।

उक्त एक्सचेन्ज कार्यक्रमअन्तर्गत नेपालबाट विद्यार्थी, युवा अनुसन्धानकर्ता, सरकारी कर्मचारी तथा पत्रकारसहित ४ सय ८० जना जापान पुगिसकेका छन् ।


Author

थप समाचार
x