मन्दिरको चिनारी सम्बन्धी जानकारी दिन क्युआर कोड
काठमाडौँ- काठमाडौँका नन्दीकेशर मन्दिर, शंकरकीर्ति महाविहार र नक्साल भगवती मन्दिरको चिनारी सम्बन्धी जानकारी दिने क्युआर कोड राखिएको छ । सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्व बोकेका स्मारक घुम्न आउने आगन्तुकहरूलाई सजिलै जानकारी दिनका लागि क्युआर कोड राखिएको हो ।
‘अहिले घुम्न आउने जसले पनि स्मार्ट फोन बोकेको हुन्छ । क्युआर स्क्यान गरेपछि मन्दिरको प्राचीन इतिहास, यससँग सम्बन्ध जोडिएका जात्रा पर्व, सामाजिक तथा धार्मिक संस्कारलगायत विषय जान्न कसैलाई सोध्नु नपरोस् भन्ने हाम्रो चाहना हो’ वडा नम्बर १ का अध्यक्ष भरतलाल श्रेष्ठले भने ।
श्रेष्ठका अनुसार विभिन्न ११ भाषामा आवाजसहितको विवरण राखिएको हो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया