शर्मिला वाइबा थप चार दिन हिरासतमा रहने
काठमाडौँ- काठमाडौँ जिल्ला अदालतले शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
काठमाडौँ जिल्ला अदालतले कुटपिटको कसुरमा अनुसन्धानका लागि चार दिनको अनुमति दिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले इकागजलाई जानकारी दिए ।
बुधबार बाह्रबिसे इलाका प्रहरी कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । केही समयअघि शर्मिला वाइबा, सुम्निमा खालिङ र सुम्निमाकी बहिनी गंगामाथि कलाकार पवन खतिवाडालाई कुटपिट गरेको आरोप थियो ।
सुम्निमा पवनकी श्रीमती हुन् । सँगै बस्न नसकिने भन्दै उनीहरूबीच विवाद हुँदै आएको छ । पवनले अनुहारमा चोटैचोट लिएर पत्रकार सम्मेलन गरेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया