शालिन पोखरेल मृत्यु प्रकरणको गहिरो र विश्वसनीय अनुसन्धान गर्न ओलीको माग
काठमाडौँ- चितवन रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतनको होस्टेलमा मृत फेला परेकी १४ वर्षीया छात्रा शालिन पोखरेलको मृत्यु प्रकरणको गहिरो र विश्वसनीय अनुसन्धान गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माग गरेका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत् ओलीले उक्त माग गरेका हुन् । उनले घटनालाई अनुसन्धान गर्ने निकाय भन्दा बाहिरबाट हुने हल्ला र अफवाहले असहयोग पुगिरहेको हुने भन्दै हत्या वा आत्महत्या के हो, गहिरो र विश्वसनीय अनुसन्धान गरेर बाहिर ल्याउन माग गरेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया