जिफन्टले मार्च ४ लाई मजदुरहरूको महान् चाडका रूपमा मनाउने
काठमाडौँ- नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले मार्च ४ आन्दोलनको ७७ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाउने जनाएको छ ।
जिफन्टले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेपाली ट्रेड युनियन आन्दोलनको स्थापनाको दिनको स्मरण गर्दै अबदेखि मार्च ४ लाई मजदुरहरूको महान् चाडका रूपमा मनाउने जनाएको हो । फागुन २१ गते काठमाडौँमा एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा ७७ औं वार्षिकोत्सव मनाउन लागेको जिफन्ट अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा ‘चुनौतीसँग जुध्दै नेपाली ट्रेड युनियन आन्दोलन’ कृतिको विमोचन गर्ने र फागुन २२ गते उक्त अध्ययनमा आधारित रही अन्तर्राष्ट्रिय सहभागिताहरूसहित नेपालको ट्रेड युनियन आन्दोलनका उपलब्धि, चुनौती र सम्भावनाहरूको बारेमा छलफल गर्ने कार्यक्रम रहेको श्रेष्ठले बताए ।
जिफन्ट अध्यक्ष श्रेष्ठले अहिले मजदुरहरूको अधिकार किताबको पानामा मात्रै सीमित भएको र ट्रेड युनियनको अधिकार खोसिँदै गएको बताए । उनले ट्रेड युनियनको चुनौतीलाई अध्ययन गर्ने क्रममा ‘चुनौतीसँग जुध्दै नेपाली ट्रेड युनियन आन्दोलन’ नामक पुस्तक तयार गरिएको जानकारी दिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया