कोटेश्वरमा ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई बसले दियो ठक्कर
काठमाडौँ- काठमाडौँको कोटेश्वरमा ड्युटी गरिरहेका ट्राफिक प्रहरीलाई बसले ठक्कर दिएको छ ।
बिहान ९ बजेर ४१ मिनेटमा कोटेश्वरबाट बालकुमारीतर्फ मोडिने क्रममा बसले नायब निरीक्षक (सई) टोपबहादुर खत्रीलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट उनी गम्भीर घाइते भएका छन् ।
उनको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ । काठमाडौँ उपत्यका ट्राफिक कार्यालय प्रवक्ता जीवन श्रेष्ठले खत्रीको आईसीयूमा राखेर उपचार भइरहेको बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया