महानगरकै क्यान्टिनमा बासी खाना, तिराइयो जरिवाना
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आफ्नै कार्यालयमा सञ्चालनमा रहेको क्यान्टिनलाई कारबाही गरेको छ । महानगरको कार्यालयमा सञ्चालित नारायणी चमेना गृहलाई ५० हजार रुपैयाँ जरिवाना तिराइएको हो ।
महानगरका अनुसार क्यान्टिनको खानाका विषयमा विभिन्न गुनासाहरू आएका थिए । अनुगमन गर्दा बासी खाना खुवाउने गरेको पाइएपछि जरिवाना गरिएको महानगरले बताएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया