पशुपति क्षेत्रमा बुधबारदेखि मासु तथा मदिरा बिक्री र सेवनमा रोक
काठमाडौँ- महाशिवरात्री पर्वलाई ध्यानमा राखेर पाशुपत क्षेत्रभित्र मासु, मदिरा तथा नशालु पदार्थहरू उत्पादन, बेचविखन, ओसार पसार, भण्डारण र सेवन गर्न रोक लगाएको छ । सोमबार जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै रोक लगाएको जानकारी दिएको हो ।
कसैले सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानून बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतद्वारा जारी सूचनामा भनिएको छ ।
सुरक्षालगायत धार्मिक, साँस्कृतिक मर्यादा र पवित्रता कायम राख्ने उद्धेश्यलाई मध्यनजर गरेर फागुन २३ गतेदेखि २७ गतेसम्मका रोक लगाएको हो ।
गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगङ्गा चक्रपथदेखि उत्तर, मित्रपार्क-उमाकुण्ड-गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिणभित्रका सबै भागमा रोक लगाएको सूचनामा उल्लेख छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया