पशुपतिमा आउन थाले महाशिवरात्रिका लागि साधु सन्त
काठमाडौँ- महाशिवरात्रिका लागि आराध्य देव पशुपतिनाथ मन्दिरमा साधु सन्तहरू आउने क्रम सुरु भएको छ ।
नेपालकै विभिन्न क्षेत्रका साथै भारतबाट समेत साधु सन्तहरू आउन थालेका हुन् । यस वर्ष पशुपतिनामा तीन हजारभन्दा बढी साधु सन्तहरू आउने अनुमान गरिएको छ । उनीहरूका लागि धुनी, भोजन र बाटो खर्चका लागि पशुपति क्षेत्र विकास कोषले हरेक वर्ष बजेट छुट्टाउँदै आएको छ ।
पशुपतिनाथ दर्शनार्थ महाशिवरात्रिका दिन ठूलो संख्यामा आउने भक्तजनहरूको सहजताका लागि पशुपति क्षेत्र विकास कोषले विभिन्न स्थानबाट मन्दिरसम्मको लाइनको प्रवन्ध मिलाउँदैछ । यस वर्षको महाशिवरात्रि फागुन २५ गते मनाइँदैछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया