समाज

विश्वभर नै फेसबुक, मेसेन्जर र इन्स्टाग्राममा समस्या

इकागज |
फागुन २२, २०८० मंगलबार २२:१४ बजे

काठमाडौँ- मेटाका सामाजिक सञ्जाल एप फेसुबक, फेसबुक मेसेन्जर र इन्स्टाग्राम विश्वभर नै अवरुद्ध भएका छन् । विश्वभरका प्रयोगकर्ताहरूले यी एपमा रहेका आफ्ना खातामा लगइन गर्न सकेका छैनन् ।

नेपाली समय अनुसार बेलुकी करिब ९ बजेर ७ मिनेटमा एक्कासि यी सबै एपका अकाउन्टहरू लगआउट भएका छन् । त्यसपछि लगइन गर्न खोज्दा पनि हुन सकेका छैनन् ।


यसैबीच फेसबुक तथा मेटाका संस्थापक मार्क जुकरबर्गले आफ्ना प्रयोगकर्ताहरूलाई नआत्तिन आग्रह गरेका छन् । मेटाका एप नचलेपछि विश्वभरका प्रयोगकर्ताहरूले गुनासो गरेपछि उनले सामाजिक सञ्जाल एक्समार्फत यस्तो आग्रह गरेका हुन् ।

सोही क्रममा नेपाल सरकारले सामाजिक सञ्जाललाई नेपाली नियमअनुसार आउन दिएको समयमा लिंकेडिन र भाइबरबाहेक कुनै पनि कम्पनी रजिष्टर गर्न नआएका बताएको छ । केही समयअघि नेपालमा टिकटक बन्द गरिएको थियो भने अरूलाई पनि बन्द गर्ने भनिएको थियो ।

 

फेसबुककाे सर्भर डाउन, चलिरहेका एकाउन्ट आफैँ लगआउट


Author

थप समाचार
x