बारामा नक्कली नोटसहित एकजना पक्राउ
बारा- जिल्ला प्रहरी कार्यालय बाराले एक जनालाई नक्कली नोटसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा महागढीमाई नगरपालिका-९ कञ्चनपुर निवासी ३५ वर्षीय राम बिनय सहनी रहेका छन् । बारा प्रहरीले उनलाई सिम्रौनगढ नगरपालिका-४ स्थित हरिहरपुरमा चेकजाँच गर्दा नेपाली एक हजार दरका आठ थान नक्कली नोटसहित पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले बीआर ०५ जे २१८१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त नोटसहित पक्राउ गरेको थियो ।
प्रहरीले पक्राउ गरेका व्यक्तिबाट भारतीय पाँच सयको सक्कली नोट तीन थान र भारतीय नोट पाँच सयको साईजमा राखिएको सादा कागज दुई सय ८६ थान समेत फेला पारेको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख प्रहरी निरीक्षक नबिन राईले जानकारी दिए ।
पक्राउ परेकालाई खोटा चलनसम्बन्धी कसुर मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जानकारी दिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया