डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो
काठमाडौँ- महाशिवरात्रि पर्वको अवसरमा भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ ।
सूर्यविनायक नगरपालिका सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको हो । मध्यराति मन्दिरमा विशेष पूजा गरेपछि दर्शनका लागि मन्दिरको चारैवटा ढोका खुला गरिएको थियो । अरू दिन मन्दिरभित्र प्रवेश गर्न नपाइने भए पनि शिवरात्रिको दिन भने दर्शनार्थीले मन्दिरभित्र प्रवेश गरेर डोलेश्वरमा आफैँले पूजा एवं दर्शन गर्ने व्यवस्था मिलाइएको थियो ।
महाशिवरात्रि पर्वका लागि डोलेश्वरमा भारतबाट तीन सयभन्दा बढी साधुसन्त आएका छन् । डोलेश्वर आएका साधुसन्तका लागि खाने, बस्ने, धुनी जगाउने र फर्कने बेलामा भेटीका रूपमा यातायात खर्चको व्यवस्थासमेत गरिएको छ ।
यस्तै भक्तपुर दत्रातयमा पनि शिवरात्रिका अवसरमा भक्तजनको घुइँचो लागेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया