समाज

नेपाल फर्काइदिन नेपाली रूसी सैनिकको भारतलाई गुहार (भिडियो)

इकागज |
फागुन २८, २०८० सोमबार ८:१६ बजे

काठमाडौँ- रूसी सेनामा भर्ती भएका नेपाली युवाहरूले नेपाल सरकारको सहयोग नपाएको भन्दै त्यहाँबाट निकालिदिन भारत सरकारसँग अनुरोध गरेका छन् । सामाजिक सञ्जालमार्फत भिडियो सन्देश सार्वजनिक गर्दै उनीहरूले आफूलाई त्यहाँबाट निकालिदिन भारत सरकारसँग आग्रह गरेका हुन् ।

'अहिले हामी रसियन सेनामा छौँ । हामी नेपालबाट आएका थियौं । एजेन्टले हामीसँग झुट बोलेर यहाँ ल्यायो । रसियन सेनामा जाने र त्यहाँ सहयोगीको रूपमा काम गर्नुपर्ने भनिएको थियो' उनीहरूले भिडियोमा हिन्दि भाषामा भनेका छन् 'तर, यहाँ आएपछि हामीलाई युद्धमा जान परिरहेको छ । यहाँ आएपछि हामीलाई धेरै समस्या भएको छ ।'


'यसकारण यहाँबाट हामी यहाँबाट निस्कन चाहन्छौं। हाम्रो साथमा तीन जना भारतका साथीहरू थिए । उनीहरूलाई भारतको सरकारले फिर्ता गर्‍यो तर नेपाली राजदूतावासले हामीलाई कुनै पनि सहयोग गरिरहेको छैन । नेपालबाट कुनैपनि प्रक्रिया अगाडि बढिरहेको छैन्' भिडियोमा भनेका छन् ।

‘हाम्रो नेपालबाट केही पनि भइरहेको छैन। यहाँ भएका सबै नेपाली स्वदेश फर्कन चाहन्छौं’ उनीहरूले भनेका छन् ‘नेपाल र भारतबीच राम्रो सम्बन्ध छ । भारत र भारतीय दूतावास शक्तिशाली छ।  यसकारण हामी तपाईंहरूसँग मद्दत माग्न चाहन्छौं ।’


Author

थप समाचार
x