सर्लाहीमा साइकल यात्रीलाई ठक्कर दिने बसमा आगजनी
सर्लाही- सर्लाहीमा यात्रुवाहक बसले एक जना साइकल यात्रीलाई ठक्कर दिँदा आक्रोशित स्थानीयले बसमा आगो लगाएका छन् ।
नवलपुर मलंगवा सडक खण्ड अन्तर्गत मलंगवातर्फ जाँदै गरेको ग २ ख १४४० नम्बरको बसले आज बिहान साढे १० बजे साइकल यात्री कविलासी नगरपालिका १० सलेमपुरका स्थानीय जुगल महतोलाई ठक्कर दिएको हो ।
दुर्घटनामा परेका महतो गम्भीर घाइते भएका छन् । घटनालगत्तै स्थानीयले बसमा आगजनी गरेको प्रहरीले जनाएको छ । आगजनीबाट बस पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।
साइकलमा सवार सलेमपुरकै ५५ वर्षीय युगलकिशोर महतो गम्भीर घाइते भएपछि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो तर सामान्य उपचारपश्चात काठमाडौँ रेफर गरिएको प्रहरीका प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिए ।
उनको अवस्था चिन्ताजनक रहेको छ । बसका चालक प्रहरीको नियन्त्रणमा रहेको तथा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया