समाज

घुससहित दुई प्रहरी पक्राउ

इकागज |
फागुन २८, २०८० सोमबार १८:१९ बजे

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी चौकी, कान्तिबजार महोत्तरीका इञ्चार्ज र वरिष्ठ हवल्दारलाई घुस रकमसहित पक्राउ गरेको छ  ।

व्यक्तिले ‘लिज’ मा लिई भोगचलन गर्दै आएको जग्गामा खेतीपाती तथा व्यवसायमा बाधा-अवरोध गरेको विषयमा सेवाग्राहीसँग घुस माग्दै गरेको अवस्थामा आयोगले पक्राउ गरेको हो । महोत्तरी जिल्ला अदालतबाट भएको फैसला कार्यान्वयन नगर्नका लागि छलफल गराउने भनी सेवाग्राहीसँग प्रहरी सहायक निरीक्षक शर्माप्रसाद यादव र वरिष्ठ हबल्दार मन्जितकुमार झाले रु २० हजार लिँदै गरेको अवस्थामा आयोगको टोलीले पक्राउ गरेको थियो । 


गौशाखा नगरपालिका-१२ गौरीटोलबाट पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।


Author

थप समाचार
x