समाज

मिटरब्याज पीडित र सरकारबीच चार बुँदे सहमति

इकागज |
फागुन २८, २०८० सोमबार २१:४६ बजे

काठमाडौँ- आन्दोलनरत मिटरब्याज पीडित र सरकारबीच चार बुँदे सहमति भएको छ । सोमबार साँझ उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पहलमा गृह मन्त्रालयमा भएको वार्तामा मिटरब्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समिति र सरकारबीच चार बुँदे सहमति भएको हो ।

आइतबारदेखि सुरु भएको वार्तामा सहमति जुटेपछि संघर्ष समितिले आन्दोलनका कार्यक्रम स्थगित गर्ने घोषणा गरेको छ । सहमतिपछि उपप्रधान तथा गृहमन्त्री लामिछानेको उपस्थितिमा मन्त्रालयका सहसचिव एवं वार्ता समितिका संयोजक रुद्रप्रसाद पण्डित र संघर्ष समितिका अध्यक्ष अवधेशप्रसाद कुशवाहाले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।



Author

थप समाचार
x