विश्व सामाजिक मञ्चको १६औं विश्व भेलामार्फत अक्सफामले उठान गरेका मुद्दा
काठमाडौँ - 'अर्को विश्व सम्भव छ' भन्ने नाराका साथ काठमाण्डौंको भृकुटीमण्डपमा आयोजित विश्व सामाजिक मञ्चको १६औं विश्व भेला सम्पन्न भएको छ। सो सम्मेलन मार्फत अन्तराष्ट्रिय संस्था अक्सफामले आर्थिक असमानता, जलवायु परिवर्तन तथा लैङगिक असमानताका मुद्दालाई उठान गरेको छ।
अक्सफामका रिजनल पोलेसि एण्ड क्याम्पियन कोअडिनेटर सुनिल आचार्यका अनुसार, सम्मेलनमा अक्सफामले नवउदारवाद, भूमण्डलीकरण, पुँजीवाद, जलवायु संकट, छुवाछुत तथा रंगभेद, लैंगिकता तथा यौनिकताका आधारमा हुने हिंसा तथा विभेदविरुद्ध छलफल, बहस तथा विद्ययमान समस्याको विकल्पमासमेत प्रस्तुत गरेको छ।
मुलतःविश्वमा विद्यमान आर्थिक असमानता र आर्थिक न्याय श्रम, आप्रवासन, दासत्व र मानव बेचविखन, जात, काम र वंशमा आधारित भेदभाव, जाति, जातीयता, आदिवासी, छुवाछूत र सबै प्रकारका भेदभाव, लिङ्ग, लैङ्गिकता, लैंगिक हिंसा र पहिचान, कृषि, खाद्य सम्प्रभुता, पारिस्थितिकीय कृषि, उर्जा र प्राकृतिक स्रोत शान्ति, द्वन्द्व, युद्ध, अधिग्रहण, विस्थापन र सुरक्षा शिक्षा, कला र संस्कृति, संचार, सामाजिक सञ्जाल र जलवायु, पर्यावरण, न्यायोचित रुपान्तरण, वासस्थान र दिगो विकास महिला, बालबालिका, युवा, वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिहरू र सामाजिक आन्दोलन, नागरिकको स्थान जस्ता विषयको उठानमा अक्सफाम केन्द्रित भएको सुनिलले बताए।
विश्वको आधा जनसंख्या ओगटेका महिला तथा बालिकाहरुमाथि हुने हिंसा र सबैखाले विभेदविरुद्ध आवाज उठाउँदै विश्व सामाजिक फोरमले विश्वभर सन् २००१ देखि ‘अर्को विश्व सम्भव छ’ नाराका साथ सम्मेलन आयोजना गर्दै आएको छ। सामाजिक तथा जलवायु न्याय, मानवअधिकार, समानता, वातावरण संरक्षण तथा दिगो शान्ति कायमका लागि दबाब सिर्जना गर्ने उद्देश्यले विश्वव्यापी रुपमा आयोजना हुँदै आएको विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंको भृकुटीमण्डपमा पाँच दिनसम्म (१५-फेब्रुअरी २०२४) चलेको थियो। सम्मेलनमा विश्वका ९२ देशका विभिन्न सामाजिक आन्दोलनका अभियन्ता र प्रतिनिधि सहभागिता थियो।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया