आयुर्वेद चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग
फाइल फोटो
सुर्खेत : कोभिड १९ कोरोना माहामारी रोकथाम तथा नियन्त्रणमा अहोरात्र खटिएका सुर्खेतका आयुर्वेद चिकित्सकमाथि हातपात गर्नेलाई तत्काल कारबाही गर्न नेपाल आयुर्वेद चिकित्सक संघले माग गरको छ । संघका अध्यक्ष डा. प्रकाश ज्ञवालीले विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाहीको माग गरेका हुन् ।
बिहीबार सुर्खेतमा चिकित्सकमाथि हातपात भएको विरोधमा विज्ञप्ति जारी गरेको संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि (पहिलो संसोधन) अध्यादेश २०७८ बमोजिम पुर्वक्षका लागि थुनामा राखी हदैसम्मको जरीवाना र कैद तोक्न माग गरेको हो ।
साथै हातपातबाट घाईते प्रदेश आयुर्वेद औषधालय सुर्खेतका कार्यालय प्रमुख डा. संकरप्रसाद रिजाल, चिकित्सक डा. यादव उपाध्याय र स्वास्थ्यर्मी लोकप्रसाद रेग्मीको उपचारका लागि उचित क्षतिपूर्ति दिलाउन समेत संघले माग गरेको छ ।
प्रदेश आयुर्वेद औषधालयले सञ्चालनमा ल्याएको आइसोलशनमा बसेका बिरामीको सेवामा खटिएका चिकित्सकद्धयमाथि बिहीबार साझँ युवाहरुको समूहले आक्रमण गरेको थियो । उनीहरु बिरामीको सेवापछि घर फर्किने क्रममा बाटोमा बसेको समूहबाट आक्रमणमा परेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया