समाज

भारतदेखि गौरीफन्टा आउन लागेको बसबाट खसेर नेपाली महिला घाइते

इकागज |
फागुन २९, २०८० मंगलबार २०:३० बजे

धनगढी- भारतको पलियादेखि गौरीफन्टा आउन लागेको बसबाट खसेर एक नेपाली महिला गम्भीर घाइते भएकी छन् । मंगलबार गौरीफन्टा पलिया सडक खण्डमा घाइते अवस्थामा भेटिएपछि घटना बाहिर आएको थियो । उनलाई गम्भीर चोट लागेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् ।

घाइते महिलालाई अहिले भारतीय प्रहरीले अस्पताल पुर्याएको खबर प्राप्त भएको छ । घाइते नेपाली महिलाको पहिचान हुन सकेको छैन ।



Author

थप समाचार
x