समाज

लागूऔषध मुद्दाका फरार अभियुक्त पक्राउ

इकागज |
फागुन २९, २०८० मंगलबार २१:३२ बजे

पोखरा- लागूऔषध मुद्दामा फरार एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार प्रहरीले कास्कीको पोखरा महानगरपालिका भलामका २७ वर्षीय रोशन अधिकारी छावालाई पक्राउ गरेको हो ।


जिल्ला अदालत कास्कीले कार्तिक २७ गते अधिकारीलाई लागूऔषध मुद्दामा दोषी ठहर गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए ।

उनका अनुसार अदालतले दुई वर्ष ६ महिना कैद र एक लाख ६ हजार रुपैयाँ जरिवाना तोकेको थियो । यस्तै, पीडित राहत कोषमा ४ हजार २४० रुपैयाँ दाखिला गर्नुपर्ने अदालतले आदेश दिएकोमा उनी फरार थि ए। फरार अधिकारीलाई प्रहरीले पक्राउ गरेर मंगलबार नै अदालतमा पेस गरेको छ ।


Author

थप समाचार
x