सहायक वन अधिकृत पार्धेविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवडिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत नारायण पार्धेविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सहायक वन अधिकृत पार्धेले काठ चिरानको लागि सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग रु सात हजार घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा आयोगको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
उनले भने, 'काठ चिरानको लागि सिफारिस गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग रु सात हजार घुस/रिसवत लिएको पुष्टि भएपछि आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।'
पार्धेविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको प्रवक्ता घिमिरेले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया