समाज

भारतीय सेनाद्वारा नेपाली सेनालाई स्‍वास्‍थ्‍य सामाग्री सहयोग

इकागज |
जेठ २८, २०७८ शुक्रवार १३:१५ बजे

काठमाडौँ : भारतीय सेनाले नेपाली सेनालाई स्‍वास्‍थ्‍य सामग्री सहयोग गरेको छ । शुक्रबार नेपालका लागि भारतीय राजदूत विनय मोहन क्‍वात्राले नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्‍द्र थापालाई स्वास्‍थ्‍य सामाग्री हस्‍तान्‍रण गरेको नेपाली सेनाले जनाएको छ ।

सेनाको जनसम्‍पर्क तथा सूचना निर्देशनालयकाअनुसार भारतीय सेनाले कोभिड महामारीको प्रतिकार्यमा सहयोग पुर्‍याउने भेन्‍टिलेटर, आइसियू बेड, पीपीई सेट, एम्‍बुलेन्‍सलगायतका स्‍वास्‍थ्‍य सामाग्रीहरू प्रदान गरेको हो । सामाग्री ग्रहण गर्दै प्रधान सेनापति थापाले सहयोगका लागि भारतीय सेना र राजदूतलाई धन्‍यवाद ज्ञापन गरेको नेपाली सेनाले जनाएको छ । 



Author

थप समाचार
x