समाज

बागलुङको बरेङमा लागेको आगो अझै नियन्त्रणमा आएन

इकागज |
चैत १, २०८० बिहीबार १९:३८ बजे

फाइल तस्बिर

बागलुङ- बागलुङको बरेङ गाउँपालिका–३ बाटाकाचौरमा आज दिउँसोदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । किसिमकोट सामुदायिक वनमा आज दिउँसोदेखि आगलागी हुँदा बाटाकाचौरस्थित सारदा माध्यमिक विद्यालय र किसिमकोट बस्ती उच्च जोखिममा परेका छन् ।

तीव्र गतिमा हावाहुरी चलेकाले आगो बस्ती र विद्यालयमा पुग्न थालेकाले आगो नियन्त्रणमा लिन नसकिएको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिए । प्रहरी, स्थानीय, विद्यार्थीलगायतले आगो निभाउने प्रयास भइरहे पनि हावाहुरीका करण निभाउन नसकिएको उनले बताए ।


मान्द्रेढुङ्गाबाट सुरु भएको आगो सारदा मावि बाटाकाचौर नजिकै पुगेको भन्दै नियन्त्रण गर्न नसके विद्यालय र बस्तीमा पुग्नसक्ने अध्यक्ष शर्माले जानकारी दिए । आगो नियन्त्रणमा ल्याउनका लागि थप प्रहरी आवश्यक परेको भन्दै हावाहुरी नरोकिए नियन्त्रणमा लिन सम्भव नहुने उनको भनाइ छ ।

'भीषण रूपमा आगलागी भएको छ । गाउँका सबै नागरिक आएर आगो निभाउने प्रयास गरिरहेका छौँ । ठूलो हावाहुरी चलेकाले नियन्त्रणमा लिन सकिएको छैन । आगो बाटाकाचौरको सारदा मावि र किसिमकोट बस्ती नजिकै पुग्न थालेको छ,' बरेङ गाउँपालिकाका अध्यक्ष शर्माले भने, 'आगलागी नियन्त्रणका लागि प्रहरीको टोली पनि आएको छ । थप आउने क्रममा रहेको जानकारी पाएका छौँ ।'


Author

थप समाचार
x