कपनबाट हराएकी १९ वर्षीया किशोरीको शव पशुपतिको जंगलमा भेटियो
काठमाडौँ- काठमाडौँको कपनबाट हराएकी १९ वर्षीया किशोरीको शव पशुपति क्षेत्रको जंगलमा भेटिएको छ ।
पशुपति क्षेत्रको गोरखनाथ मन्दिर नजिकैको जंगलमा सिन्धुलीको कमलामाई नगरपालिका-१ घर भई हाल कपनमा बस्दै आएकी १९ वर्षीया सुस्मिता थापाको शव भेटिएको हो । उनको शव रुखमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानमा आत्महत्या गरेकाे हुनसक्ने देखिएकाे प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेकाे बताइएको छ ।
शुक्रबार बिहान मर्निङवाकमा गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनी दुई दिनअघिदेखि घरबाट हराएकी थिइन् । उनले दाजुलाई भक्तपुरमा रहेका आफन्तकोमा जान्छु भनेर हिँडेको पाइएको प्रहरीले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया