रौतहटदेखि अयोध्यासम्म पैदल यात्रा
रौतहट- रौतहटबाट ६ जना युवकहरूको टोली भारतको अयोध्या धामका लागि पैदल यात्रामा निस्किएको छ ।
जिल्लाको दक्षिणी भेग भारतीय सिमानासँग जोडिएको राजापुर नगरपालिका घर भएका ६ जना युवक भारतको अयोध्या धामका लागि पैदल यात्रामा निस्किएका हुन् ।
अयोध्या धाममा हालै उद्घाटन भएको भगवान राम लगायत मन्दिरहरूमा दर्शन गर्ने उद्देश्य लिएर शनिबार उनीहरूले घरबाट पैदल यात्रा सुरु गरेका हुन् ।
धार्मिक यात्रामा निस्केका युवाहरूको टोलीमा राजापुर नगरपालिका ५ का वर्ष २५ का सुरेन्द्र साह, सोही उमेर समूहका रमेश साह, शम्भु यादव, रुपेश साह, हरी नारायण साह र लालबाबु साह रहेका छन् ।
राजपुरदेखि पैदल हिँडेर ७ दिनमा अयोध्या धाम पुग्ने लक्ष्य रहेको उनीहरूले बताएका छन् ।
धार्मिक यात्राका लागि तयार भएर घरबाट निस्कँदा राजापुर ५ का वडाध्यक्ष कृष्णन्दन साह लगायतकाले खादा ओढाएर सम्मानसहित बिदाइ गरेका थिए ।
राजपुर बाट उनीहरू बंकुल बजार, बाराको काचोर्वा नाका हुँदै भारतीय क्षेत्रमा प्रवेश गरेका थिए ।
रौतहटको कटहरिया नगरपालिकाका वैद्यनाथ जैसवाल केही महिना अगाडि साइकल चढेर भारतको जमुस्थित माता वैष्णो देवीको दर्शन गरेर फर्केका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया