पर्सामा अश्लील भिडियो बनाएको आरोपमा एकजना पक्राउ
फाइल तस्बिर
वीरगन्ज- पर्साको छिपहरमाई गाउँपालिकामा अश्लील भिडियो बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिपहरमाई गाउँपालिका वडा नम्बर ५ निवासी सज्जाद अहमद रहेका छन् ।
स्थानीयहरूले अहमदले गाउँपालिका क्षेत्रभित्रका सयौँको संख्यामा स्कुल पढ्ने बालिकादेखि गाउँका महिलाहरूको अश्लील भिडियो बनाएको भन्दै प्रहरीलाई जिम्मा लगाएका हुन् ।
प्रहरीले उनको साथबाट एक थान मोबाइल र २ थान पेनड्राइभ बरामद गरेको छ । वैदेशिक रोजगारमा रहेका अहम्मद नेपाल फर्किएपछि यस्तो गतिविधिमा लागेको स्थानीयको आरोप छ ।
दोषीलाई कानुनअनुसार कारबाही गर्नुपर्ने भन्दै स्थानीय युवाहरूले टायर बालेर प्रदर्शन गर्नुका साथै बजार बन्द गराएका छन् । स्थितिलाई नियन्त्रणमा लिनका लागि ईप्रका पोखरीया, बिओपी भिस्वाकाे परिचालन गरिएकाे छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया