दुर्गा प्रसाईंका बडिगार्डलाई पाँच दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुई जना बडिगार्डलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।
सोमबार सर्वोच्च अदालत परिसरबाट लाइसेन्स प्राप्त हतियारसहित पक्राउ परेका दुई जना बडिगार्डलाई पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको हो ।
जर्मनीमा निर्मित अत्याधुनिक हतियारसहित पक्राउ दीपक खड्का र राजकुमार धिमाललाई पाँच दिन हिरासतमा राख्ने अनुमति दिइएको छ ।
सोमबार दिउँसो सर्वोच्च अदालतभित्र उनीहरू हतियार लिएर प्रवेश गरेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया