समाज

इतिहासमा आज

इकागज |
चैत ७, २०८० बुधबार ९:७ बजे

काठमाडौँ- आज चैत ७ गते अर्थात मार्च २० । आजको दिन इतिहासमा विभिन्न घटनाहरू भए । ति घटनाबारे जानकारी दिन गइरहेका छौँ ।​

नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आज १४औँ स्मृति दिवस हो । कोइरालाको २०६६ साल चैत ७ गते निधन भएको थियो ।


कोइरालाको जन्म १९८१ सालमा भारतको टेडीमा भएको थियो । राणा शासनको विरोध गरेको अभियोगमा बुबा आमा प्रवासमा रहेका बेला उनको जन्म भएको थियो ।

२०४७ सालको आन्दोलन, २०६२–६३ सालको दोस्रो जनआन्दोलन, दशक लामो माओवादी सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण रुपान्तरण, १२ बुँदे सम्झौतालगायत नेपाली राजनीतिमा कोइरालाको भूमिकालाई महत्वपूर्ण रूपमा हेरिन्छ ।

त्यस्तै सन्‌ १४१३ मार्च २० मा इङ्गल्याण्डका राजा हेनरी चतुर्थको मृत्यु भएको थियो ।

त्यसैगरी सन्‌ १९५२ मार्च २० मा अमेरिकी सिनेटले जापानसँगको सुरक्षा सन्धि अनुमोदन गरेको थियो ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले सन्‌ २०१४ मार्च २० मा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको भित्री सर्कलका लगभग दुई दर्जन सदस्यहरू र युक्रेनमा पूर्व-पश्चिम शोडाउनमा समर्थन प्रदान गर्ने एक बैंक विरुद्ध आर्थिक प्रतिबन्धहरूको आदेश दिएका थिए ।

सन्‌ २०२२ मार्च २० मा रूसको सेनाले युक्रेनको बन्दरगाह सहर मारिउपोलमा करिब ४ सय मानिसहरूलाई आश्रय दिएको विद्यालयमा बमबारी गरेको थियो ।


Author

थप समाचार
x