इतिहासमा आज
काठमाडौँ- आज चैत ८ गते अर्थात मार्च २१ । आजको दिन इतिहासमा विभिन्न घटनाहरू भए । ती केहि महत्वपूर्ण घटनाबारे जानकारी दिन गइरहेका छौँ ।
इरानलाई सन् १९३५ सम्म फारस नामले चिनिन्थ्यो । २१ मार्च १९३५ मा फारसको नाम परिवर्तन गरेर इरान राखिएको हो । इरानको राजधानी तेहरान हो । यो देशको उत्तर-पूर्वमा तुर्कमेनिस्तान, उत्तरमा क्यास्पियन सागर र अजरबैजान, दक्षिणमा फारसको खाडी, पश्चिममा इराक, टर्की , पूर्वमा अफगानिस्तान तथा पाकिस्तानले घेरिएको छ । यहाँको प्रमुख धर्म इस्लाम हो तथा यो शिया बहुल क्षेत्र हो ।
दोस्रो विश्वयुद्धको समयमा सन् १९४५ मार्च २१ मा जर्मनीमाथि मित्र राष्ट्रका बमवर्षकहरूले आक्रमण गरेका थिए ।
सन् १९९० मार्चमा २१ मा ७५ वर्षपछि पूर्व उपनिवेशले दक्षिण अफ्रिकी शासनको अन्त्य नामिबिया एक स्वतन्त्र राष्ट्र बनेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया